गोरखा । नेपाल सम्बत ११४४ को अवशरमा गोरखा बजारमा झाँकी सहितको र्याली सम्पन्न भएको छ । नेवाः देय् दवु जिल्ला कार्य समिति गोरखाको आयोजनामा झाँकी सहितको र्याली सम्पन्न भएको हो ।
गोरखा नगरपालिका–६ को रानीपोखरी परिषरबाट सुरु भएको रर्याली ठुलो आँगन, पाटेचौर, गोरखा अस्पताल, धनबासे, कालीमाटी बजार हुदै शक्तिचोक, पुरानो बसपार्कबाट पुनः रानिपोखरी परिषरमा पुगेर टुगिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले ब्यानर पढेर उद्घाटन गरेका थिए । उनले कार्यक्रमको उद्घाटन गर्दै ईतिहास जित्नेको मात्र लेखिने र हार्ने हराउने हुदा जाती विशेषको ईतिहास बचाउन र संस्कृती जोगाउन लाग्नु पर्नेमा जोड दिए ।
प्रमुख अतिथी रानाले इतिहास भाषा, संस्कृती र संस्कार संग जोडिएको हुने भन्दै भाषा हराए इतिहास र संस्कृति हराउने र इतिहास र संस्कृती हराए कुनै समय त्यो जाती नै हराउने भन्दै जाती विशेषलाई आफ्नो इतिहास जोगाइ राख्न अनुरोध गरे ।
धिमेबाजा तथा नेवारी भेषमा सजिएका नेवार समुदायलाइ अन्य जाती विशेषले पनि साथ दिदै र्यालीमा सहभागिता जनाएका थिए ।
कार्यक्रममा नेपाल आदीबासी जनजाती महासंघ जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष बिण्णु राना मगर र नेवाः देय् दवुका सल्लाहकार तथा जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष एवं केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठले शुभ कामना मन्तब्य राखेका थिए ।
जिल्ला अध्यक्ष देवीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई नेवाः देय् दवुका उपाध्यक्ष रामबावु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।












