काठमाडौं । आज म्हः अर्थात आत्मपुजा । नेवार समुदायमा म्हः पूजा गरी यो पर्व मनाउँदैछन् ।
कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
आत्मै ज्ञानको मुल स्रोत भएको मान्यताका आधारमा आत्म सुद्धिका लागि पुजा गर्ने चलन छ ।
यस वर्ष सोमबार र मङ्गलबार २ दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ र आत्मपूजा पनि हिजो नै गरिएको छ । भक्तपुर नगरपालिकाको निर्णयअनुसार हिजै पुजा गरिएको हो ।
तर देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दैछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ ।


