×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

जीतबहादुरकाे काम सिरुघारी फाडदै, अकबरे खुर्सानी लगाउदै

  •  गोरखा समाचार
  • सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा नगरपालिका–१३ देउराली स्थित बैटारीमा रहेको करिब १ सय ३ रोपनी खेती योग्य जमिन सिरुघारीमा परिणत भएको बर्षौ भइसकेको थियो । कृषि सडकसंग जोडिएको र बजार क्षेत्रबाट करिब ४ किलोमिटरको दुरीमा रहेको खेतीयोग्य जमिन उजाड बन्दै गएको देखेपछि स्थानीय कृषक जीतबहादुर भट्टले त्यहीँ बाँझो जमिनमा व्यवसायिक खेती गरेर मनग्य आम्दानी गर्ने योजना बनाए ।

    विगत लामो समयदेखि कृषि पेशा अगाल्दै आएका भट्टले बाँझो जमिनमा अकबरे खुर्सानीको व्यवसायिक खेती गर्ने योजना बनाए । गएको माघदेखि बाँझो जमिन बार्षिक एकलाख ५० हजार रुपैया तिर्ने गरी भाडामा लिएर खनजोत गरी ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाए । बर्षौदेखिको बाँझो जमिन ट्याक्टर लगाएर जोत्न समेत कठिन भएको उनले बताए ।

    कालिका कृषक समुह फर्म दर्ता गरेर व्यवसायिक खेती गरेका भट्टले बेमौसमी अकबरे खुर्सानी खेती गर्ने योजना बनाएर त्यही बाँझो जमिन अहिले हराभरा बनाएका छन् । ‘‘अहिले करिब ४० रोपनी जमिनमा खेती सुरु भइसकेको छ, उनले भने, ‘‘आफैले नसर्रीमा उत्पादन गरेको बेर्ना लगाएको छु, अझै करिब ६३ रोपनीभन्दा बढी बाँकी जमिनमा रोप्नका लागि बेर्ना तयारी अवस्थामा छ ।’’

    करिव ४ लाख रुपैया लगानी गरेर सुरु गरेको व्यवसायिक खेतीबाट बार्षिक ३७ लाख रुपैयाभन्दा बढी आम्दानी हुने उनले बताए । ‘‘बेर्ना लगाएको ५ महिनामा खुर्सानीको उत्पादन सुरु हुन्छ, भट्टले भने, ‘‘उत्पादन सुरु भएपछि एउटै बोटले तीन बर्ष राम्रोसंग उत्पादन दिन्छ ।’’ किसान भट्टले आफु सहित अन्य चार जनालाई फार्ममा रोजगारी समेत दिएका छन् ।

    उत्पादित खुर्सानीको बजारमा कुनै समस्या नभएको उनले बताए । ‘प्रतिकिलो बजारमा न्युनतम दुईसय पचास रुपैयामा सजिलै बिक्री हुन्छ, भट्टले भने, ‘‘रातोमाटोमा उत्पादन हुने खुर्सानीको अरु माटोमा उत्पादन हुनेभन्दा अझ बढी स्वादिष्ट हुने भएकाले पनि बजारमा यसेको राम्रो माग छ ।’’

    भट्टले आफुले उत्पादन गरेको खुर्सानी चितवनको मुग्लिन बजारमा रहेको थ्रि सिस्टर अचार उद्योगमा बढी मात्रा बिक्री हुने बताए । त्यसवाहेक काठमाण्डौको कालिमाटी, खैरेनीटार, पोखरा, फिस्लिङ लगायतका क्षेत्रमा बिक्री हुर्ने गर्दछ । कृषि ज्ञानकेन्द्र गोरखाबाट प्राविधिक ल्याएर माटो परीक्षण गरेर भट्टले खेती सुरु गरेको हो ।

    किसान भट्टले खुर्सानी बाहेक पनि अहिले उक्त जमिनमा वेमाैसमी तरकारी खेती तथा माैरी पालन सुरु गरेका छन् । उनले अहिले पनि करेला, भिन्डी, घिराैला, सिमी, गाेलभेडा, काक्राे, रुख कटहर, भुइकटहर, जामुन, अम्बा, कफी जस्ता तरकारी तथा फलफुल खेती गरेका छन् ।

    तस्बिर : कैलासबावु श्रेष्ठ

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.