काठमाडौं । पूर्वी नवलपरासीको गोरे घुम्तिमा आज भएको जीप दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने मध्ये ४ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख वेदबहादुर पौडेलका अनुसार देवचुली नगरपालिकाको गोरे घुम्तिमा लु. १ ज ३२७० नम्बरको जीप दुर्घटना हुदा ज्यान गुमाउेहरुमा पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका–६ का जीप चालक बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वानटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडा रहेका छन् ।
ज्यान गुमाउने अन्य २ जनाको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको बेला जिप दुर्घटनामा परेको हो ।
जिल्लाको उत्तर पश्चिम बौदीकालीको मांझडाँडाबाट सुन्तला बोकेर स्थानीय सहित आएकाे प्रहरीले जानकारी दिएकाे छ ।


