साँकेतिक तस्बिर
गोरखा । उत्तरी गोरखाको हुलचुकमा हिजोराती एक घरमा आगलागी हुदा आमा छोराको ज्यान गएको छ । धार्चे गाउँपालिका–१ हुलचुकमा शनिबार राति घर आगलागी हुँदा ७५ बर्षीया कान्छी गुरुङको र उनका अपाङ्गता भएका छोरा ३९ बर्षका चन्द्रसिंङ गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
शनिरबार राति घरमा आगलागी भएको खबर बिहान मात्र प्राप्त भएकोले प्रहरी घटना स्थल तर्फ गईरहेको प्रनाउ श्रेष्ठले बताए । जगत प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको भएता पनि आरुघाटबाट प्रहरी निरीक्षक सहितको टोली जादै गरेकोले विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।
घर आगलागी हुदा आमा छोरा दुवै जना जलेर घर भित्रै मृत्त अवस्थामा फेला परेको पनि उनले बताए ।
आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको छ । र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको उनले बताए ।
घरमा आगलागी भएको खबर स्थानियले थाहा पाएलगत्तै निभाउने प्रयास गरेको भएता पनि करिब २ घण्टामा आगो नियन्त्रणमा आएको स्थानियले बताए । आगो नियन्त्रणमा आए पछि घर भित्र हेर्दा दुवै जना चिन्नै नसकिने गरी जलेका थिए ।
जाडो भएका कारण न्यानोको लागी घर भित्र बालिएको आगोले घर जलेको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।




















