काठमाडौं । सातमको पहिलो दिन एकैदिन सुनको मुल्य १ हजार रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजारमा छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रूपैयाँ कायम भएको छ ।
शुक्रबार १ लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज १ लाख १३ हजार १५० रूपैयाँमा निर्धारण गरिएको छ ।
आज चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ ।


