×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाेरखा आउने पर्यटकको रोजाईमा पर्दै भीमसेन पार्क

  •  गोरखा समाचार
  • आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा एक ऐतिहासिक महत्व बोकेको जिल्ला भएकाले पनि यहाँको इतिहास बुझ्न र अध्ययन गर्न नचाहानेहरु प्राय कमै हुन्छन् । गोरखा घुम्न आउने विदेशी पर्यटक मात्र होइन आन्तरिक पर्यटकहरुका लागि पनि ऐतिहासिक गोरखा दरवार, धार्मिक आस्थाको धरोहरको रुपमा रहेको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर, मनकामना मन्दिर र गोरखा दरवार सङ्ग्राहलय पर्यटकिय गन्तव्यको रुपमा रहँदै आएका छन् ।

    गोरखा जिल्ला घुम्न आउनेहरु बिशेष गरेर गोरखाको विरताको नजिकबाट अध्ययन र अवलोकन गर्न रुचाउछन् । यिनै पर्यटकिय गन्तव्यहरुसंगै राष्ट्रिय विभूति भीमसेन थापाको जन्मथलोमा रहेको भीमसेन पार्क नयाँ पर्यटकको रुपमा विकास हुँदै गएको छ ।

    गोरखा नगरपालिका–४, फिनाम स्थित भीमसेन थापाको जन्मथलो पिपलथोकमा रहेको भीमसेन पार्क पछिल्लो गोरखा आउने आन्तरिक पर्यटकहरुका लागि नयाँ गन्तव्यको रुपमा विकास भएको छ । विशेष गरेर शैक्षिक भ्रमणमा आउने अघिकांस पर्यटकहरु राष्ट्रिय विभूति थापाको स्मृतिमा निर्माण गरिएकोे भीमसेन पार्कको अध्ययन र अवलोकन गर्न पुग्ने गरेका छन् ।

    ‘‘जिल्ला भित्रका मात्र होइन बाहिरी जिल्लाबाट दैनिकजसो भ्रमणमा आउने गरेका विद्यार्थीहरु लगायतका अन्य आन्तरिक पर्यटकहरु भीमसेन पार्क हेर्न आउने गर्छन, पार्क रेखदेख गर्दै आउनुभएकी निर्मला शर्मा वाग्लेले भन्नुभयो, ‘‘यहाँ आएर सवै खुशी भएर फर्कने गरेका छन् ।’’

    कात्तिक महिना यता मात्रै अहिलेसम्म करिब ५ सयजनाले भीमसेन पार्क आएर अवलोकन भ्रमण गरेको उहाँले बताउनुभयो । पाल्पा, पर्वत, बाग्लुङ, संखुवासभा, झापा, तनँहु लगायत गोरखा घुम्न आएका अघिकासं आन्तरिक पर्यटकहरु एक पटक भीमसेन पार्क आउन थालेको वाग्लेको भनाई छ । पार्क हेर्न र घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि प्रवेश शुल्क वापत १० रुपैया र विद्यार्थीहरुका लागि ५ रुपैया टिकट काट्नु पर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

    पार्कमा आएर भीमसेन थापाको पूर्णकदको शालिकमा तस्विर खिचाउन पाउदा विद्याथीहरु खुशी हुने गरेको वाग्लेको भनाई छ । भीमसेन पार्कबाट मनास्लु, हिमालचुली, गणेश हिमाल, लमजुङ हिमाल, माछापुच्छ्रे लगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ । साथै, गोरखाको ऐतिहासिक र पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक गढी, लिगलिगकोट दृश्यावलोकन गर्न सकिन्छ ।

    पार्कबाट देखिने सुन्दर हिमश्रृखला र मनोरम दृष्य यहाँ घुम्न आउने पर्यटकहरुका लागि अर्को आर्कषण केन्द्र बनेको हो । माथिल्लो गोरखा दरवारसंगै रहेको प्रसिद्ध कालिका मन्दिर पुगेपछि करिब दश मिनेटमा पुग्न सकिने भएकाले भीमसेन पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको हो ।

    पार्क हेर्न र घुम्नका लागि दैनिकजसो फरक फरक जिल्लाहरुबाट पर्यटकहरु आउने गरेकोे उहाँको भनाई छ । ‘‘कुहिरो र तुवालो नलागेको दिन हुनुपर्छ यहाँ आएर दृष्यावलोकन गर्न पाएपछि फर्किएर जानै मन नलाग्ने हुँदो रहेछ, पार्कमा भेटिनु भएका तनहुँका रोसन पाण्डेले भन्नुभयो, ‘‘भीमसेन पार्क ऐतिहासिक दृष्टिकोणले मात्र होइन मनोरम दृष्यले पनि साच्चै मनमोहक रहेछ ।’’

    बिसं १८३२ मा पीपलथोकमा जन्मनु भएका थापा विसं १८६३ देखि १८९२ सम्म नेपालको मुख्तियार (प्रधानमन्त्री सरह) का रुपमा जिम्मेवारी सम्हाल्नु भएकाे थियो । थापाको विसं १८९६ मा मृत्यु भएको थियो ।

    रासस

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.