गोरखा । गाेरखाकाे पालुङटारमा हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । पालुङटार नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा मदने डाँडा माध्यामिक विद्यालय पहिलो, भवानी माध्यामिक विद्यालय दोस्रो र डुम्रे आधारभूत विद्यालय तेस्रो भएको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
त्यस्तै प्रतियोगिता अन्तर्गत भएको माध्यामिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मदने डाँडा माध्यामिक विद्यालय पहिलो, अमरज्वोती जनता माध्यामिक विद्यालय दोस्रो, युनाईटेड ईङ्लिस बोर्डिङ स्कुल तेस्रो र भवानी माध्यामिक विद्यालय चाैथाे भएको छ ।
कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख माधव पोखरेल र भवानी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम गुरुङ लगायतको उपस्थित रहेको थियो ।
प्रतियोगितामा बिजेत सहभागीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । भवानी माध्यामिक विद्यालय ठाँटी पोखरीमा भएको प्रतियोगितामा २१ विद्यालयको सहभागिता रहेको थियो ।


