गोरखा । गोरखा नगरपालिका गोरखाले मुख्यबजार क्षेत्रका सडक पेटीमा बिक्रीका लागि राखिएकार रङ, प्लास्टिकजन्य मालाहरु जफत गरेको छ ।
नगरपालिकाको नेतृत्वमा शनिबार दिउसो गोरखा उद्योग बाणिज्यसंघ गोरखा, चेम्बर अफ कमर्स गोरखा, जिल्ला प्रहरी कार्यालय गोरखा, पर्यटन तथा उद्योग कार्यालय गोरखाको प्रतिनिधि सहितको टोलीले गरेको बजार अनुगमनका क्रममा सडकपेटीमा राखिएका सामग्री जफत गरेको हो ।
अनुगमन टोली नगरपालिकाको वडा नम्बर ६ र ८ को सिमानामा पर्ने प्रतिक्षालयदेखि हरमटारी चोक, नयाँबजार, हस्पीटल चोक, ध्याम्पेसाल बजार क्षेत्रमा फुटपाथमा खुल्ला रुपमा बेचबिखन गरिरहेको रङ तथा प्लास्टिकजन्य मालाहरु बरामद गरिएको हो ।
अनुगमन टोलीले बिभिन्न १२ स्थानमा राखिएको सामग्री बरामद गरेको छ । नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना निकालेर सडकपेटीमा सामग्री राखेर बिक्री नगर्न अनुरोध गरेको थियो ।
नगरपालिकाको आग्रहलाई अटेरी गरी सामान बिक्रीका लागि राखिएकाहरुको रङ, प्लाटिकका सामग्री बरामद गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।




