गोरखा । बलात्कार मुद्धाका १ जना फरार अभियुक्तलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ण्डकी गाउँपालिका वडा नम्बर ८ घर भएका ३५ बर्षका महेन्द्र श्रेष्ठ भएको जिल्ल प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
गोरखा अदालतबाट बलात्कारका मुद्धामा सजाय फैसला भएका श्रेष्ठलाई बलात्कार मुद्वामा ४ बर्ष ९ महिना १५ दिन कैद सजाए फैसला गरे लगत्तै फरार भएका थिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार फैसला कार्यान्वयनका लागि बिशेष टोली परिचालन टोली अन्तरर्गत प्रहरी चौकी घ्याल्चोकले फरार भएका श्रेष्ठलाई पक्राउ गर्न सफल भएको थियो ।
पक्राउ परेका श्रेष्ठलाई कार्तिक २४ गते शुक्रकार गोरखा अदालत पठाइएको र अदालतको आदेशले कैद भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।



