साँकेतिक तस्बिर
गोरखा । गोरखा प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन गर्ने सिलसिलामा गोरखा अदालतबाट कैद र जरिवाना तोकिईका फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
जिप्रकाले फैसला कार्यान्वयन बिशेष टोली गठन गरी परिचालन गरिपछी प्रहरी चौकी मझुवादेउराली र प्रहरी चौकी घ्याल्चोकबाट खटिईको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चोरी मुद्धाका फरार अभियुक्त गोरखा नगरपालिका–१३ बस्ने ४६ बर्षका शिव बहादुर बिक र सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्दामा फरार रहेका गोरखा गण्डकी गाउँपालिका–७ बस्ने बर्ष ३७ का शरण गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका दुवै जनाबाट ७५ हजार १६५ रुपैया जरिवाना असुल उपर गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।


