गोरखा । आज भएको पालुङटार नगरपालिकाको कार्यपालिका बैठक काँग्रेसका सदस्यहरुले बहिष्कार गरेका छन् । काँग्रेसका सदस्यहरुले नगरपालिकाको कार्य सम्पादनमा विमति राख्दै कार्यपालिका बैठक बहिष्कार गरेका हुन् ।
नेपाली काँग्रेस पालुङटार नगरकार्यपालिकाका संसदीय दलका नेता तथा पालुङटार नगरपालिका–९ का वडा अध्यक्ष भेजराज पाण्डेका अनुसार नगर प्रमुख विवश चिन्तनले मनलाग्दी ढंगले काम गरेकाले आँफुहरुले बहिष्कार गरेको बताए ।
उनका अनुसार बिना जानकारी विद्यालय मर्ज गरेको, मर्ज गर्दा पनि आफु संग बिमती राख्ने बिद्यालय मर्ज गरेको आरोप लगाए ।
त्यस बाहेक पनि आस्थाका आधारमा कर्मचारीहरुलाइ हटाउने र राख्ने काम गरेको तथा योजनाहरु पनि आस्थाका आधारमा ठाउँ हेरेर राख्ने हटाउने गरेको वडा अध्यक्ष पाण्डेले आरोप लगाए ।
नेपाली काँग्रेस निति र लोकतान्त्रिक पद्धतिमा हिड्ने पार्टी भएको भन्दै उहाँले निति र लोकतान्त्रिक पद्धति भन्दा बाहिर नगरपालिकाले कार्य गरेकाले आफ्ना मागहरु सम्बोधन भए सहकार्य गर्न सकिने पाण्डेको जानकारी दिए ।
नगर प्रमुख मनपर्दी ढंगले अघि बढे सहकार्य हुन नस्कने भन्दै आफ्ना मागहरुलाई बेवास्ता गरि अगाडि बढे आफुहरु कानुनि उपचारको बाटो रोज्न बाध्य हुने उनको भनाई छ ।


