गोरखा । गोरखा उद्योग बाणिज्य संघले सदरमुकाममा पुस्तक ब्यवसाय गरेर बसेका १ जना ब्यवसायीलाई कार्य समिति सदस्यमा मनोनित गरेको छ । संघले मंगलबार गोरखा नगरपालिका–६ मा स्थायी घर भएका प्रदिप खनाललाई कार्य समिति सदस्यमा मनोनित गरेको हो ।
पुख्यौली घर भीमसेन थापा गाउँपालिका–३ तान्द्राङका खनालले विगत लामो समयदेखी गोरखा सदरमुकामको धोवी खोला (हालको ध्याम्पेशाल बसपार्क) क्षेत्रमा पुष्पाञ्जली पुस्तक पसल सञ्चालन गर्दै आएका छन् ।
संघमा २६ जनाको समिति रहने प्रावधान छ । जस मध्ये २ जनालाई मनोनित सदस्य हुने गर्दछ । मनोनित सदस्य पनि कार्य समिति र अध्यक्षले गरी १–१ जना चयन गर्न पाउने प्रावधान छ ।
कार्य समितिले यस अघि नै सदरमुकाकै कालिमाटी बजार क्षेत्रमा ईलेक्ट्रीक सामानको ब्यवसाय गर्दै आएका पुष्कल अर्याललाई चयन गरेको थियो भने मंगलबार अध्यक्ष कृण्णकुमार श्रेष्ठले खनाललाई सदस्यमा मनोनित गरेको हो ।


