गोरखा । बलात्कार गरेको अरोपमा प्रहरीले हर्मीबाट १ जना युबकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–३ हर्मीको घुरे गाउँका २९ बर्षिय सन्जिब अधिकारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी रबिन्द्र अधिकारीले जानकारी दिए ।
प्रनि अधिकारीका अनुसार पक्राउ परेका सन्जिबले स्थानिय २४ बर्षिया महिला ‘ढ कुमारी’ (नाम परिवर्तन)लाई साउन २ गते राती १० बजेको समयमा शौचालय जान घर बाहिर निस्केको मौका छोपेर जबरजस्ती करणी गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दर्ता गराएको थियो ।
उजुरीको आधारमा प्रहरीले सन्जिबलाई कार्तिक १९ गते आइतबार पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका सन्जिबलाई जबरजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गरी प्रहरीले सोमबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानकालागि म्याद थप गरेको छ ।
आरोपितलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरिक्षक तथा सूचना अधिकारी रबिन्द्र अधिकारीले जानकारी दिए ।



