×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनास्लु क्षेत्र घुम्न जाने विदेशी पर्यटकको संख्या ह्वात्तै बढ्यो

  •  गोरखा समाचार
  • आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्र घुम्न पुग्ने आउने विदेशी पर्यटकको संख्या ह्वात्तै बृद्धि भएको छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसबर्षको अक्टोवरसम्ममा ७ हजार ८६२ जना बिदेशी पर्यटकहरुले मनास्लु संरक्षण क्षेत्रको भ्रमण गरिसकेको एक तथ्यांकले पुष्टी गरेको हो ।

    मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले यो बर्ष सोचेभन्दा धेरै विदेशी पर्यटकले मनास्लु संरक्षण क्षेत्रका भ्रमण गरेको बताए । उनका अनुसार अक्टोवर महिनासम्ममा उक्त क्षेत्रमा अघिल्लो बर्षभन्दा बढी पर्यटक भ्रमणका लागि पुगिसकेको बताए । ‘‘सन २०२२ मा एक बर्षमा ६ हजार १०२ जना पर्यटक मनास्लु क्षेत्रमा पुगेका थिए, उनले भने, ‘‘यो बर्ष सकिन अझै दुई महिना बाँकी छदैँमा मनास्लु घुम्न ७ हजार ८०० भन्दा बढी पर्यटक पुगीसकेका छन् ।’

    मनास्लु क्षेत्र घुम्न जानेहरुमा यसबर्ष सार्क राष्ट्रका १७८ जना, रहेका छन् भने त्यस वाहेकका अन्य देशका ७ हजार ६८४ जनाले उक्त क्षेत्रको भ्रमण गरीसकेका छन् । मनास्लु क्षेत्र पुग्ने पर्यटकहरुमा ४ हजार ५१९ जना पुरुष र ३ हजार ३३८ जना महिला पर्यटक रहेको एमक्याप गोरखाले जनाएको छ ।

    कोराना संक्रमणका कारण सुस्ताउदै गएको मनास्लु संरक्षण क्षेत्रमा पर्यटक बृद्वि भए लगत्तै उक्त क्षेत्र बिस्तारै लयमा फर्कन थालेको अनुमान लगाउन सकिन्छ ।

    कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार मनास्लु क्षेत्रमा सन् २०२१ मा ९२५ जना बिदेशी पर्यटक मात्र मनास्लु क्षेत्रको भ्रमण गर्न पुगेका थिए । अघिल्ला बर्षको तुलनामा यसबर्ष अत्याधिक पर्यटक मनास्लु घुम्न पुगेको देखिन्छ ।

    ‘यसबर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ’, प्रमुख शेरचनले भने, ‘साउन महिना यतादेखि असोज अन्तिमसम्म मात्र २ हजार ९०३ जना बिदेशी पर्यटक मनास्लु पुगेका छन् ।’

    साउन महिना ८० जना, भदौमा ३२ जना सार्क राष्ट्रका सहित ५४७ जना र असोजमा ६५ जना सार्क राष्ट्रका सहित २ हजार २७६ जना विदेशी पर्यटकहरुले मनास्लु क्षेत्रको भ्रमण गरेको उनले बताए । निषेधित क्षेत्रको रुपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकहरुका लागि खुल्ला गरेको थियो ।

    तस्बिर भुवन ओझा :एमक्याप/फिलिम, गोरखा

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.