काठमाडौं । साताकाे पहिलाे दिन आज नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य शुक्रबार कै मूल्य प्रतिताेला १ लाख १५ हजार ९०० रूपैयाँ कायम रहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला १ लाख १५ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको संघले जनाएकाे छ ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको छ । चाँदी १ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भएको थियो ।




















