साँकेतिक तस्बिर
काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएको छन् । १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।
आइतबार राति २:३० बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौल, केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग. २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा भएको थियो ।
दुर्घटनामा ४ जनाको घटनास्थलमै ज्यान गएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ज्यान जानेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि र उनको ८ महिनाकी छोरी प्रार्थना रहेका छन् ।
घाइते हुनेमा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २१ वर्षीया विमला मलाल, २१ वर्षकै राजबहादुर मलाल र २४ वर्षीय दानबहादुर बुढा रहेको प्रहरीले जनकारी दिएकाे छ ।
घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ । विमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप सडकदेखि ६० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
चालक २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


