काठमाडाैं । शुक्रबारराती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको ज्यान गएको छ ।
भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको ज्यान गएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले पुष्टी गरेका हुन् ।
ढकालका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पमा परी ज्यान गएको हो ।
उनी गएको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।


