काठमा।डौं जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ३५ जनाको ज्यान गएको छ । भूकम्पका कारण कराेडाै मुल्यका भौतिक संरचनाहरु ध्वस्त हुनुका साथै सयौं मानिस घाइते भएकाे विवरण प्राप्त हुन आएकाे छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुइँचालोले जाजरकोट र रुकुम पश्चिममा धेरै मानवीय र भौतिक क्षति गरेको छ । अहिलेसम्म २ जिल्लामा गरेर कम्तिमा ५० जनाको ज्यान गएको प्रारम्भिक जानकारी आएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।
भूकम्पमा परेर रुकुमको आठविसकोट नगरपालिकामा मा मात्रै कम्तिमा १४ जनाको ज्यान गएको छ भने रुकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । अहिलेसम्म जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको ज्यान गएको पुष्टि भएको छ ।
जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको शक्तिशाली भूकम्पको धक्का काठमाडौँसहित देशैभरजसो र भारतकाे विभिन्न शहरमा समेत महसुश गरिएको थियो ।
‘भूक्रम्पको क्षतिबारे अहिले रातिको समय भएकोले एकिन भन्न सकिने अवस्था छैन् । भूकम्पपछि धेरै सडकमा सुख्खा पहिरोले बाटो अवररुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ भइरहेको छ । ’ उनले भने ।


