फाईल तस्बिर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि १८ गते शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ ।
प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी प्रशारण लाइन मर्मत गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सबै क्षेत्रकाे विद्युत आपूर्ति बन्द हुने जनाएकाे छ ।
प्राधिकरणले के ३ सबस्टेसनबाट आपूर्ति हुने सबै क्षेत्र अन्तर्गतका सिंहदरबार परिसरका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा शनिबार बिहानदेखी विद्युत् आपूर्ति प्रभावित हुने भन्दै सूचना जारी गरेकाे छ ।
बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेकाे सूचना उल्लेख गरेका छ ।


