काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुदाँ देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसमसफा रहेको छ ।
दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको भने उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा हल्का भने हिमपातको सम्भावना रहेको भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।


