काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।
घरेलु मैदानमा जारी टी-२० विश्वकप एसिया छनोटमा नेपाल र ओमानबीचको खेल बिहान ९ बजेदेखी कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएकाे छ ।
समूह ‘ए’ मा लगातार २ खेल जितेर सेमिफाइनल पुगिसकेका दुवै टोली समुह विजेता बन्न चाहान्छन् । दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै १ खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित निकालेको थियो । यता, ओमानले मलेसियालाई ३२ रन र सिंगापुरलाई २२ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।



