×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३६ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५० मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

पाण्डेले गरे अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमञ्जारोको सफल आरोहण

  •  गोरखा समाचार
  • बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमञ्जारोको सफल आरोहण गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका-७ तिल्पुङमा जन्मिएका ३२ वर्षीय पाण्डेले ताञ्जेनियामा पर्ने ५ हजार ८९५ मिटर अग्लो सो शिखरको सफल आरोहण गरेका हुन् ।

    स्थानीय समय अनुसार मंगलबार (३१अक्टोबर २०२३) बिहान ६ः४० बजे उनले शिखर आरोहण गरेका हुन् । विश्वका सातवटै महादेशका ७ उच्च शिखर आरोहण गर्ने अभियानमा रहेका पाण्डेको यो तेस्रो महादेशमा रहेको सफल शिखर आरोहण हो । उनले सर्वोच्च शिखर सगरमाथा, रसियामा रहेको युरोपको शिखर एलब्रस आरोहण गरिसकेका छन् ।

    पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डा तथा स्काउटको झण्डा फहराएका थिए । पाण्डेलाई किलिमञ्जारो आरोहणका लागि आवश्यक (गियर) सामग्री मकालु आउट फिट ब्राण्डले उपलब्ध गराएको थियो ।

    सो पर्वत आरोहणका लागि पाण्डे कात्तिक ८ गते नेपालबाट त्यसतर्फ गएका थिए । पाण्डेलाई त्यहाँ जानु अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको झण्डा हस्तान्तरण गरेर बिदाई गरेका थिए । त्यस अघि कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीले पनि उनलाई राष्ट्रिय झण्डा दिएर बिदाइ गरेका थिए ।

    पाण्डेले हालसम्म ९ वटा हिमाल आरोहण गरिसकेका छन् । सन् २०१६ बाट हिमाल आरोहण गर्न सुरु गरेका उनले सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । त्यस्तै गत जुन २८ र २९ तारिखमा रसियामा रहेको युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल आरोहण गरे ।

    सन् २०१९ मा किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल पनि आरोहण गरिसकेका छन् । उनले १ वर्ष भित्र विश्वका सातवटै महादेशका ७ अग्ला चुचुरा आरोहण गर्ने लक्ष्य रहेको बताएका छन् ।

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी

    बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.