काठमाडौं । विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाले घरेलु टोली नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन जोडेको हो ।
मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज सर्वाधिक ६८ रन बनाए । अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए ।
नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले समान १-१ विकेट लिए । सन्दीपले ४ ओभरमा २२ रन दिए भने अविनाशले ४ ओभरमा २७ रन खर्चिए ।



