गोरखा । गोरखा सदरमुकामबाट जुवा खेलेको आरोपमा गोरखा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निर्माण ब्यवसायी संघ गोरखाका उपाध्यक्ष समेत रहेका एमालेका दिनेश तमु सहित रहेको गोरखा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा जुवा खेल्न प्रयोग गरेको घरधनी लालप्रसाद श्रेष्ठ, प्रकाश कुँवर, सुन्दर राना र गोरखा नगरपालिका–२ घर भएका सुरज मियाँ भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु सबैलाई प्रहरीले हिजो (सोमबार) राती ७ः३० बजे गोरखा नगरपालिका–४ पिपलथोकमा रहेको लालप्रसाद श्रेष्ठको घरमा जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका दिनेश गुरुङ यस अघि निर्माण व्यावसायी रमन भट्ट माथि साङ्घातीक आक्रमण गरेर फरार रहेको सुचिका ब्यत्ति हुन् । प्रहरीले रमन भट्ट कुटपिट मुद्वामा ब्यापक खोजी गरेको थियो ।
पक्राउ परेकाहरुबाट प्रहरीले ५५ हजार ५१५ रुपैयाँ नगद बरामद गरेको पनि जानकारी दिएको छ । उनीहरु उपर आजै जिल्ला प्रशासन कार्यालयमा जुवा सम्वन्धी कसुर अन्तरर्गत मुद्वा दर्ता गराई म्याद थप गरेको छ ।
पक्राउ परेका सबैलाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको पनि प्रनि खड्काले जानकारी दिए ।


