×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३९ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

नेपालसँग हारेपछि सिंगापुरका क्याप्टेन दत्त : ‘घरेलु मैदानको फाइदा होइन, नेपाली टोलीले हाम्रो भन्दा राम्रो प्रदर्शन गरे ’

  •  गोरखा समाचार
  • सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा नेपालसँग हारेपछि सिंगापुरका क्याप्टेन अरित्र दत्तले नेपाली खेलाडिले गरेको प्रर्दशनको प्रशंसा गरेका छन् । खेल सकिएपछि सञ्चारकर्मीसँग दत्ताले नेपाली टोलीलाई घरेलु मैदानको फाइदा भन्दा पनि उनीहरुले गरेको प्रर्दशन राम्रो भएकाले आफूहरुले खेल हारेको बताए ।

    आजको खेल हारेपनि त्यसबाट सिकेर अर्को खेलमा राम्रो गर्ने भन्दै उनले भने, ‘म यो भन्दिन कि होम एडभान्टेज नेपाललाई छ । उनीहरुले साँच्चै राम्रो क्रिकेट खेले । होम ग्राउण्डको फाइदा केही हुनेनै भयो तर, उनीहरुको राम्रो खेले र राम्रो टीम प्रर्दशन गरे । हाम्रो भन्दा राम्रो ।’

    नेपालका बलर करण केसीले क्याप्टेन अरित्र दत्तलाई आउट गरी नेपालका लागि पहिलो विकेटको सफलता दिलाएका थिए । ४६ बल खेल्दै सर्वाधिक ७४ रनको योगदान ओपनर कुशल भुर्तेलले आफूले गरेको प्रर्दशनप्रति खुशी भएको प्रतिक्रिया दिए ।

    उनले भने, ‘पहिला मूलपानीमा गरेको प्रर्दशनप्रति आफैंलाई चित्त बुझेको थिएन । आजको खेलमा मन्टीसर, रोहित सबैले म प्रति विस्वास र सपोर्ट गरेका थिए । खुशी छु ।’ उनले आसिफ शेख र आफ्नो पार्टनरसीप राम्रो रन बनाए पनि जारी छनोट खेलमा दिपेन्द्र सिंह ऐरिले चोटका कारण सहभागि हुन नसक्नेप्रति दु:ख व्यक्त गरे ।

    ‘दिपेन्द्रको अवस्था हेर्दा नराम्रो लाग्छ । हाम्रो लागि यो वर्षकै ठूलो र अन्तिम टुर्नामेन्ट थियो । नराम्रो लागिराको छ । तर, उ नभएपनि अरु सबै छन्, सबैले राम्रो गरे टुर्नामेन्ट राम्रो हुन्छ । जुन स्पिरिटमा आज खेल्याैं भोलि पनि जारीरहन्छ ।’ जितपछि, सिंगापुरविरुद्ध आजको खेलमा नेपाललाई २ विकेट दिलाएका बलर गुल्सन झाले आफ्नो बलरको भूमिकालाई शतप्रतिशत दिएर क्वालिफायरमा अझ राम्रो प्रदर्शन गर्ने बताए ।

    समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबीचको किर्तिपुर मैदानमा आज बिहान भएको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको सिंगापुरले दिएको १४६ रनको लक्ष्यलाई नेपालले १६.३ ओभरमा मात्रै २ विकेट गुमाएर पुरा गर्यो ।

    ९ विकेटको क्षतिमा १४५ रन बनाएको सिंगापुरले आफ्नो टीमको प्रर्दशन राम्रो नभएकै कारण खेल हारेको भन्दै क्याप्टेन दत्ताले नेपाली खेलाडीको प्रसंशा समेत गरे ।

    एसिया छनोटमा एसियाका ८ देश सहभागी खेल १९ कात्तिकसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा समुहचरण ए र बी अन्तरर्गत दुवै समूहबाट विजेता २ टोली सेमिफाइनल पुग्नेछन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.