साँकेतिक तस्बिर
गोरखा । उत्तरी गोरखामा लेक लागेर बिरामी परेका २ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेत स्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको सोमबार बिहान उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
लेक लागेर बिरामी पर्नेहरुमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहान ७ बजे अल्टिच्यूड एयरको हेलिकप्टर मार्फत दुवै जनालाइ राजधानीको रिद्वी ईन्टरनेशन हस्पिटल लगिएको हो ।
दुवै जना पर्यटकको आइतबार नै उद्धार गर्ने प्रयास गरिएको भएता पनि आवश्यक कानूनी प्रक्रिया पुरा गर्दा ढिलाई भएकोले सोमबार बिहान मात्र उनीहरुको उद्वार भएको थियो । उद्वार गरिएका दुवै जनाको अहिले स्वास्थ्य अवस्था राम्रो भएको रिद्वी ईन्टरनेशन हस्पिटल काठमाडौंले जानकारी दिएको छ ।


