काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । क्याप्टेन रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।
टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टिममा अटाएनन् । तर, सन्दीप लामिछाने टी-२० विश्वकप छनोटका लागि टोलीमा समेटीएका छन् ।
एसिया क्षेत्रको छनोट खेल यही कार्तिक १३ गतेबाट काठमाडौंको कीर्तिपुर र मुलपानीमा रहेको २ओटा क्रिकेट मैदानमा हुनेछ । ८ टिम सहभागी हुने खेलमा शीर्ष २ टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।
नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।




