काठमाडौं । बुद्ध एयरले थप एक नयाँ जहाज ल्याएको छ । शुक्रबार नाइनएन-एओसी कलसाइन रहेको एटिआर-७२ जहाज बुद्ध एयरले भित्र्याएको हो ।
नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई १ महिनाभित्र उडान सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।
योसँगै बुद्धसँग अब एटिआर-७२ जहाजको संख्या १४ पुगेको छ । बुद्ध एयरसँग हाल ३ वटा एटिआर-४२-३२० र १४ वटा एटिआर-७२-५०० जहाज छन् ।
हवाई उडान सहज र सरल बनाउने हेतु नयाँ जहाज थपिएको र त्यसले उडान संख्यामा वृद्धि भए अनुरुप यात्रुले आफ्नो समय अनुकल उडान भर्न सक्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।
बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी र अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीमा उडान भरिरहेको छ ।


