गोरखा । गोरखा सदरमुकाममा ब्रह्मा कुमारीको हातबाट सर्व साधारणले आज टिका थापेका छन् । गोरखा नगरपालिका–६ कालिमाटी बजारमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालयमा कुमारीको हातबाट सर्व साधारणले टिका ग्रहण गरेका हुन् ।
बिद्यालयका सञ्चालिका पबित्राले सर्व साधारणलाई टिका र जमरा प्रदान गर्नु पूर्व बिद्यालयमा आश्रीत रहेकी २ कुमारीलाई टिका लगाईदिएर बिहानीको शुभ साईतमा सर्व साधारणहरुलाई टिका र जमरा लगाई दिएकी थिइन ।
टिका ग्रहण गर्नेहरुमा बच्चादेखी बृद्वसम्म रहेका थिए ।
सञ्चालिका पबित्राले सबैलाई टिका तथा जमरा लगाउदै दक्षिणा समेत प्रदान गरेकी थिइन ।
उनको हातबाट दशमीको बिहान १०० जना भन्दा बढी टिका ग्रहण गरेको ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालय गोरखा शाखाले जानकारी दिएको छ ।
बिद्यालयमा बर्षेनी यसरी नै कुमारीको हातबाट टिका ग्रहण गर्ने प्रचलन रहदै आएको छ ।

















