पाल्पा । पाल्पाको रानीमहल नजिकै हिजो भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने ६ जना एकै परिवारका भएको खुलेको छ । ज्यान गुमाउनेहरूमा ३ महिला, १ पुरूष र २ बालक गरी ६ जना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले पुष्टी गरेको हो ।
ज्यान गुमाउनेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, नातिहरू ११ वर्षीय सोबिस धिताल र अर्का साढे दुई वर्षका बालक रहेका छन् । दुर्घटनामा परी ज्यान गुमाउने ५५ वर्षीया चुना धिताल भने कृष्णबहादुरका आफन्त भएको पुष्टी भएको छ ।
कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् ।
शनिबार रानीमहल घुम्न आएका उनीहरु घर तर्फ फर्कने क्रममा बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप पाल्पाको तानसेन नगरपालिकाको वैकुन्ठे छाँगोमा दुर्घटनामा परेको थियो ।


