साँकेतिक तस्बिर
रौतहट । रौतहटमा शनिबार हात्तीको आक्रमणबाट १ जना महिलाको ज्यान गएको छ भने अन्य २ जना महिला घाईते भएकी छिन् ।
शनिबार दिउँसो २ बजे चन्द्रपुर नगरपालिका–५ राजपेडस्थित जंगलमा घाँस काट्न गएका ३ जना महिलामाथि हात्तीले आक्रमण गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी दामोदर केसीले दिएको जानकारी अनुसार आक्रमणबाट सोही ठाउँकी ५४ वर्षीया अधनया देवी र पनावतीकुमारी चौधरी घाइते भएकी छिन् ।
हात्तीको आक्रमणपछि बेपत्ता भएकी मनियादेवीको नेपाली सेना, नेपाल प्रहरी, डिभिजन वन कार्यालय चन्द्रपुरको संयुक्त टोलीले खोजी गर्नेक्रममा आइतबार बिहान ७ः३० बजे जंगलमा मृक्त अवस्थामा फेला परेको हो ।


