काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का असन्तुष्ट पक्षहरुले राजेन्द्रकुमार शर्माको नेतृत्वमा नयाँ समिति घोषणा गरेका छन् । अष्ट्रेलियाको भेरो कम्पनीद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा त्रुटि देखिएको भन्दै शर्माको नेतृत्वमा अर्को समिति बनाइएको हो ।
एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिएको थियो । उनले हिजो (शनिबार) मात्रै पदभार ग्रहण गरेका थिए ।
असन्तुष्ट पक्षले घोषणा गरेको कार्यसमितिको उपाध्यक्षमा केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठलाई राखिएको छ । त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिदलाई स्थान दिइएको छ । बुद्धिसागर सुवेदी महासचिवको जिम्मेवारी दिईएको छ ।
पौडेललाई केसीको समूहले पनि उपाध्यक्ष निर्वाचित भएको घोषणा गरेको थियो । तर, उनले निर्वाचनमा धाँधली भएको भन्दै परिणाम अस्वीकार गर्दै आएका थिए ।
समितिको उपमहासचिवमा सोम सापकोटा, प्रविण गुरुङ र प्रमोद सिटौला चयन भएका छन् भने सचिवमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टंक गैरे, केपी सिटौला, स्वतन्त्रप्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव बिमला सापकोटा चयन भएको बताइएको छ।
कोषाध्यक्षमा ठाकुरप्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सीना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन गरिएको छ ।
यता महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणि सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम राखिएको छ ।
त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उपसंयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ ।
समिति अपुरो भएको भन्दै अन्तिम नामावली प्रकाशन गरिएको छैन । यो समूहले केही दिनभित्रै समितिलाई पूर्णता दिएर शपथ गराउने तयारी गरेको छ ।


