साँकेतिक तस्बिर
गोरखा । पोखरामा भएको मोटरसाईकल दुर्घटनामा परी गोरखाका १ जना युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका–२५ को फुर्केटारी चोकमा ग. १६ प २९१ नम्बर र बागमती प्रदेश ०२–०१६ प ७०८४ नम्बरको मोटरसाइकल एक–आपससमा ठक्कर खादा पालुङटारमा शुक्रराज श्रेष्ठको ज्यान गएको कास्की प्रहरीले पुष्टी गरेको हो ।
बिहीबार साँझ दुर्घटना हुदा गंभिर घाईते भएका श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । श्रेष्ठको उपचारको क्रममा शुक्रबार ज्यान गएको थियो ।
पालुङटार घर भएका वर्ष ३० का श्रेष्ठले दुर्घटनाका समयमा ग. १६प २९१ नम्बरको मोटरसाइकल चलाएकक प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी श्रवणकुमार विकका अनुसार अर्को मोटरसाइकलमा सवार दुवै जना पनि घाईते भएका छन् ।
घाईते सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भई रहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।




















