काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका भ्रमण जाने भएका छन् ।
कार्तिक ११ नेपाल आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजसँग भेट गरेपछि मन्त्री साउद अमेरिका जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासचिव गुटरेज गत असोज २६ गते नै नेपाल आउन लागेकाे भएता पनि कार्यक्रम स्थगित भएपछि कार्तिक ११ का लागि नयाँ मिति तय भएको थियो ।


