काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ कायम भएको हो ।
तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँ कायम रहको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
बुधबार छापावाल सुन १ लाख १३ हजार २०० रुपैयाँमा र तेजावी सुन १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ ।


