गोरखा । गोरखा क्याम्पस गोरखालाई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति प्राप्त भएको छ । त्रिभुवन विश्व विद्यालय प्राज्ञिक परिषद्ले क्याम्पसलाई स्वास्थ्य विषयमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालनको अनुमति दिएको हो ।
परिषद्ले गोरखा क्याम्पस सहित देशका बिभिन्न १२ वटा आंगिक क्याम्पसहलाई नयाँ कार्यक्रम सञ्चालनको अनुमति दिएको छ ।्
अनुमती पाउनेमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर, मेची बहुमुखी क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरलाई बीएससी–सीएसआईटी, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरलाई बीआइटी, डिग्री क्याम्पस विराटनगरलाई बीआईटी र बीबीए, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बीआईटी, पाटन संयुक्त क्याम्पसमा बीबीएम, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा बीआईसीटी कार्यक्रम सञ्चालन अनुमति दिएको छ ।
त्यस्तैगरी, सरस्वती क्याम्पस काठमाडौंमा स्नातक तहमा पत्रकारिता र ग्रामीण विकास, स्नातकोत्तरमा हाइड्रोलोजी र मेटोरोलोजी विषय थप गरेको छ भने धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङमा स्नातकोत्तर तहमा अंग्रेजीमा स्नात कार्यक्रम सञ्चालनको अनुमति दिएको छ ।
अमृत क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, पद्यकन्या क्याम्पसमा एमआइटी, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मास्टर इन पावर इलेक्ट्रोनिक्स एन्ड ड्राइभ्स इन्जिनियरिङ, पद्यकन्या क्याम्पसमा लैंगिक अध्ययन, भक्तपुर बहुमुखी क्याम्पसमा बीएसडब्लु, नेपालगञ्ज क्याम्पसमा, त्रिभुवन क्याम्पस पाल्पामा बीसीए, जुम्ला क्याम्पस जुम्लाले एमबीएस अध्यापन अनुमति पाएको छ ।




















