×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अबरुद्ध बारपाक–लाप्राक सडकखण्ड ३ महिनापछी सञ्चालनमा आयो

  •  गोरखा समाचार
  • बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । बर्खा संगै अबरुद्ध बारपाक–लाप्राक सडकखण्ड ३ महिना पछी सञ्चालनमा आएको छ । बर्खा लागे लगत्तै उक्त सडक खण्डको ठाउँठाउँमा खसेको पहिरोका कारण असार पहिलो सातादेखि अबरुद्ध भएको थियो ।

    अबरुद्ध सडकखण्ड असोज ३० गते मंगलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए । पर्यटकिय गन्तव्य समेत रहेको उक्त सडकखण्ड लामो समयसम्म अबरुद्ध भएपछि चौतर्फी आलोचना हुँदै आएको थियो ।

    नेपालीहरुको चाढपर्व पनि आएका कारण साता दिनभन्दा लामो समयलगाएर ठूला मेशिनले पहिरो पन्छाए पछी अबरुद्ध सडक सञ्चालनमा ल्याउन सकिएको प्रमुख सुवेदीले जानकारी दिए ।

    कार्यालयले सडक निर्माणको ठेक्का पाएको शर्मा÷विक्वी जेभीलाई सडक सफा गर्न भने पछी पहिरो हटाएर अबरुद्ध सडक सञ्चालनमा आएको हो । सडक अबरुद्ध हुँदा लाप्राक तथा त्यस वरपर रहेको दर्जनौ गाउँमा दैनिक उपभोग्य सामग्री पुरर्याउन समस्या हुँदै आएको थियो ।

    सडक अबरुद्ध खाद्यसामग्री खच्चड मार्फत ढुवानी हुदै आएको थियो । हरेक बर्ष बर्खा लागेसंगै उक्त सडकखण्ड अबरुद्ध हुने गर्दछ ।

    बारपाक–लाप्राक सडकखण्ड २०७७ जेठ ९ गते ठेक्का सम्झौता गरी स्तरोन्नतीको काम सुरु गरिरहेको हो । ठेकेदार कम्पनीले समयमा काम नगर्दा त्यसक्षेत्रका बासिन्दाहरुले हैरानी खेप्दै आउनु परेको छ ।

    ठेक्का सम्झौता भएको झण्डै ४१ महिना भइसक्दा समेत स्तरोन्नतीको काम सम्पन्न हुन सकेको छैन । पूर्वाधार बिकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने गरी शर्मा÷विक्वी जेभीसंग ठेक्का सम्झौता गरेको थियो । सडकको भौतिक प्रगती अहिलेसम्म ५२ प्रतिसत मात्र रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

    तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने देखिएपछि कार्यालयले गएको जेठ २२ गते भित्रका काम सम्पन्न गर्नेगरी म्याद थप गरेको थियो । थपिएको म्याद सकिएको ४ महिना भइसक्दा पनि सडक स्तरोन्नतीको काम भने अझै अलपत्र अवस्थामा रहेको छ ।

    कार्यालयले ३४ करोड १५ लाख ७१ हजार १९८ रुपैयामा ठेक्का सम्झौता गरेको उक्त बाटोको लम्बाई १३.१४ किलोमिटर छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.