गोरखा । गोरखाको लिगलिगमा आज भएको ११औं संस्करणको लिगलिगे दौड प्रतियोगितामा खोटाङका गजेन्द्र राई प्रथम हुन सफल भएका छन् । चेपेघाटदेखि लिगलिगसम्मको १३.८ किलोमिटर दौड राईले ५६ मिनेट ३६ सेकेन्डमा पूरा गरेर प्रथम भएका हुन् । बिजेता राई नेपाली सेनाका हुन् ।
लिगलिग बिकास अभियानले आयोजना गरेको दौडमा राईले जितसंगै नगद १ लाख रुपैयाँ हात पारेका छन् । मेन ईलिट (खुल्ला) प्रतियोगिता अन्तरर्गत निर्धारीत दुरी पार गरेका दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलाई क्रमश। ५०, २५, १५ र १० हजार पुरस्कार सहित मेडल र प्रमाण पत्र पाउने आयोजक संस्थाले जनाएको छ ।
विगत १ दशकदेखी सञ्चालनमा आएको लिगलिगे दौडको यो ११औं संस्करण भएको अभियानका अध्यक्ष संञ्जिव राना मगरले जानकारी दिए ।
दौड पालुङटार नगरपालिका–५ को चेपे दोभानबाट सुरु भएर वडा नम्बर २ को लिगलिग कोटमा रहेको कालिका मन्दिरमा पुगेर टुगिएको थियो ।
३ समूह चरणमा छुट्टाईएको प्रतियोगितामा स्थानिय ७०० लिगलिग र बिद्यार्थीहरुको दौड समेत समावेश गरिएको छ । खुल्ला तर्फ भाग नलिने स्थायिनले भने क्रमश। २०, १५, १०, ५ र ३ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तैगरी, बिद्यार्थीहरुले भाग लिन चाहेको खण्डमा सम्वन्धित बिद्यालयबाट पत्र लिएर आएको खण्डमा १८ बर्ष मुनीका छात्रले सहभागिता जनाउन सक्ने छ । उनीहरुले भने १५, १०, ७, ५ र ३ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् । बिद्यार्थीहरुको लागि भने पालुङटार नगरपालिका–३ को मैबलबाट कालिका मन्दिरसम्मको ३ किलोमिटर दौडमा सहभागी गराइने आयोजक संस्थाका अध्यक्ष सञ्जिव राना मगरले बताए ।
परापूर्व कालमा उक्त स्थानमा दौडिएर राजा हुने इतिहास थियो । सोही इतिहासलाई जिवित पार्न लिगलिग बिकास अभियानले बर्षेनी दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।



