×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

इजरायलबाट उद्धार गरिएका १८ नेपाली दिल्लीमा

  •  गोरखा समाचार
  • बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका हुन् । मंगलबार राती भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको स्पाइस जेटको विशेष विमानमाबाट भारत सरकारसँग समन्वय गरी १८ जना नेपाली नागरिकलाई पनि पठाएको इजरायल, तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    उद्धार गरी ल्याईएका १८ जनामध्ये १४ जना महिला र ४ पुरुष रहेका छन् । जसमा प्रतिभा रौनियार, नन्दसिंह भुल, आतिश गुरुङ, अनुमा डंगोल, हिना खाँड, मोसमी पाख्रिन, प्रतिमा तिम्सिना, जुनु गुरुङ, राजकुमार मानन्धर, ममता थापा, दिलकुमारी अधिकारी कार्की उर्मिला रावल, निश्चल श्रेष्ठ, सरिता गुरुङ, स्मिता बस्नेत, उर्मिला श्रेष्ठ ,अम्बिका सुवेदी, र लक्ष्मण दुलाल रहेका छन् ।

    मंगलबाराति ११ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरुलाई गड्डाचौकी नाका हुँदै महेन्द्रनगर ल्याइने बताईएको छ ।

    विद्रोही समुह हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्धग्रस्त स्थानका नेपाली नागरिकको उद्धारको प्रयास सरकारले थालेको हो । यसअघि नेपाल सरकारले विशेष विमान पठाएर २५४ जना नागरिकको उद्धार गरेको थियो ।

    यस्तै, दक्षिण इजरायलको किबुज अलुमिममा असोज २० मा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ५ नेपालीको शव ३ दिनभित्र नेपाल पठाउने तयारी गरिरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

    गत आइतबार पहिचान खुलेको ५ जनाको शवलाई स्वदेश पठाउने प्रक्रिया अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको हो ।

    जसमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, बौनिया–३ कैलालीका आशिष चौधरी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टको शवलाई नेपाल पठाउने दूतावासले उल्लेख गरेको छ ।

    २ देखि ३ दिनभित्र शव स्वदेश पठाउने दूतावासले जनाएको छ । बाँकी ५ नेपालीको पहिचान खुल्न बाँकी रहेको दूतावासले जनाएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.