×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सामाजिक सञ्जालमार्फत इजरायल–गाजामा अफवाह फैलाउनेहरू कहाँबाट परिचालित छन् ?

  •  गोरखा समाचार
  • मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । हाल इजरायल र गाजाका विषयबारे सामाजिक सञ्जालमा अफवाह फैलिएको छ । यहाँका सामाजिक सञ्जालमा झूटा दावीहरू, षड्यन्त्र (कन्स्पेरी) सिद्धान्तहरू र घृणाका सामग्रीहरूको बाढी आएको छ ।

    तथ्यलाई भ्रममा परिणत गर्ने र फैलाउन प्रयोग गरिने यस्ता अप्रमाणित एकाउन्ट माथि प्रश्न उठिरहेका छन् । यस विषयमा मारियाना स्प्रिंगले सामाजिक सञ्जालको अध्ययन गरिकी छिन् । उनले आफ्नो अध्ययनबारे विश्लेषण गरेकी छिन् ।

    गत हप्ता उनले टिकटक एकाउन्ट खोलेकी थिइन् । उनले त्यहाँ एउटा भिडियो देखिन् । जसमा एक इजरायली महिलालाई हमास लडाकुहरूले बन्धक बनाएको देखाइएको थियो । अक्टोबर ७ मा सार्वजनिक गरिएको यो भिडियो निकै डरलाग्दो थियो ।

    त्यो भिडियोमा मानिसहरूका टिप्पणीहरू पढ्न थालिन प्रतिक्रियाहरू देखेर स्प्रिंगले छक्क परिन् । पोष्टमा एकातिर केही मानिस असन्तुष्ट देखिएका छन् भने अर्कोतर्फ फुटेजमा देखिएका कुरा वास्तविक छैनन् ।

    कमेन्टमा उनहरूले भनेका छन्, ती महिला ‘नागरिक’ नभएर सिपाही हुन् । यो क्लिप हमासलाई फसाउन नक्कली गरिएको थियो ।

    कसै–कसैले हमास समूहले बन्धकहरूमाथि हिंसा गरेको भन्ने कुनै प्रमाण नभएको दाबी गरेका छन् ।

    बीबीसीले यो क्लिप साँचो भएको फेला पारेको छ, यसमा रगत लतपतिएको युवतीलाई बन्दुक बोकेका पुरुषहरूले कारमा धकलेको देखाइएको छ ।

    यो गाजा शहरको बाहिरी भागमा रहेको शिजियामा रेकर्ड गरिएको थियो ।

    दुवैतर्फबाट गलत सूचना फैलाइँदै छ

    अन्य सामाजिक सञ्जालमा बन्धकहरूको बारेमा थप भिडियोहरू र टिप्पणीहरू खोज्दा त्यहाँ उस्तै टिप्पणीहरू फेला परेका छन् ।

    इजरायलमा सेनामा अनिवार्य रूपमा सेवा गर्नुपर्छ । तर तथ्यहरूले के देखाउँछ भने हमासले बन्धक बनाएका अधिकांश मानिसहरू तीनै भएको क्लिपहरूमा देखिएका छन् । बन्धकहरूका उत्सवमा सहभागी मानिसहरू र बालबालिकाहरू पनि थिए ।

    यी गलत जानकारी बन्धकहरू विरुद्धको हिंसालाई कम गर्न खोज्ने एकाउन्टहरूमा मात्र सीमित छैन । इजरायली सरकारको काम कारबाहीलाई समर्थन गर्ने प्रोफाइलहरूबाट गलत सूचना र घृणा सामग्री पनि फैलिएका छन् ।

    गत साताको अन्त्यमा प्यालेस्टिनीहरू गाजामा घाइते भएको नाटक गरिरहेको भिडियो सार्वजनिक गरेको एकाउन्ट भेटिएको थियो । ती क्लिप वास्तवमा प्यालेस्टिनी फिल्महरूमा काम गर्ने मेकअप कलाकारका बारेमा सन् २०१७ मा प्रकाशित रिपोर्टबाट लिइएको थियो ।

    यी दावीहरूले आश्चर्य चकित मात्र गर्दैनन्, तिनीहरूले सामाजिक सञ्जालमा के भइरहेको छ भनेर विचार प्रवाह पनि गर्छ ।

    ताजा जानकारीको लागि सामाजिक सञ्जालमा भरोसा गरियो भने तथ्यहरू विकृत गर्ने र अनलाइन बहसहरूलाई जटिल बनाउने प्रयासले आधारभूत तथ्यहरू उजागर गर्न धेरै गाह्रो बनाउँछ ।

    भ्रामक पोष्टहरू कसरी पहिचान गर्ने

    यो गलत जानकारीले अन्तर्राष्ट्रिय समुदायका लागि गम्भीर जटिलताहरू सिर्जना गर्न सक्छ । युद्ध अपराधको अनुसन्धान गर्न, सहायता प्रदान गर्न र ग्राउन्ड जीरोको अवस्थाको बारेमा जानकारी प्राप्त गर्न अप्ठ्यारो तुल्याउँछ ।

    उदाहरणका लागि, पप स्टार जस्टिन बिबरजस्ता सेलिब्रेटीलाई लिनुहोस्, जसले अनजानमा आफ्नो इन्स्टाग्राममा मानिसहरूलाई ‘इजरायलको लागि प्रार्थना’ गर्न आग्रह गरेको पोस्ट गरेको तर यसको साथमा गाजामा इजरायली सेनाले गरेको विनाशको तस्बिर पनि राखेको थियो ।

    सोशल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा यस्ता धेरै एकाउन्ट छन् । जुन हरेक संकटको बारेमा षड्यन्त्र सिद्धान्तहरू मानिन्छ । यी एकाउन्टहरूबाट भ्रामक पोष्टहरू प्रसारित गरिएको थियो ।

    यसमा विभिन्न युद्धका पुराना भिडियोहरू र भिडियो गेम फुटेजहरू सार्वजनिक हुने गरेका छन् । जुन इजरायल र गाजाको वर्तमान अवस्थासँग सम्बन्धित रहेको दाबी गरिएको छ ।

    इजरायल समर्थक र मुस्लिम विरोधी पोस्टहरू सार्वजनिक गर्ने केही सक्रिय एकाउन्टहरू भारतबाट सञ्चालन भएका देखिन्छन् । तिनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गर्छन् ।

    यी एकाउन्टका पछाडि कोको छन् ?

    बन्धकहरूलाई नागरिकको सट्टा सिपाहीको रूपमा वर्णन गर्ने धेरै खाताहरू वास्तविक देखिन्छन् र युवा मानिसहरूसँग जोडिएका छन् । उनले आफ्नो प्रोफाइलमा हास्यास्पद मेम्स वा फुटबल क्लिपहरू पोस्ट गरेका छन् ।

    कतिपयले ‘फ्री प्यालेस्टाइन’ जस्ता नारा लगाएका तस्बिरहरू राखेका छन् । उनहरूलाई म्यासेज गर्दा पाकिस्तान र युएईबाट आएको बताएका छन् ।

    कतिपय प्रोफाइलहरू हेर्दा तिनीहरू वास्तविक व्यक्ति हुन् वा होइनन् भन्ने थाहा पाउन गाह्रो हुन्छ । यीमध्ये केही प्रोफाइलहरूले विभिन्न राजनीतिक विषयहरूमा पोस्टहरू पनि सार्वजनिक गरिएका छन् । जस्तै रूसी राष्ट्रपति पुटिनको समर्थन र युक्रेनमा युद्ध र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा आदि ।

    यीमध्ये धेरै खाताहरू भर्खरै सिर्जना गरिएका वा भर्खरै सक्रिय भएका देखिन्छन् । इजरायली सरकार र हमास चरमपन्थीहरू विगतमा उनीहरूको ‘बोट’ नेटवर्कमार्फत अनलाइन बहसलाई प्रभाव पार्न खोजेको आरोप लगाइएको छ ।

    ‘बोट’ नेटवर्कहरूले विभाजनकारी र भ्रामक विचारहरू बारम्बार र द्रुत गतिमा फैलाउन नक्कली खाताहरू प्रयोग गर्छन् । सामाजिक सञ्जालको विश्लेषण गर्ने इजरायली कम्पनी सायाब्राका अनुसार हमासले अक्टोबर ७ मा भएको आक्रमणको बारेमा बहस गर्ने पाँचमध्ये एउटा एकाउन्ट नक्कली भएको पत्ता लगाएको छ ।

    यस सन्दर्भमा ‘नक्कली’ को अर्थ तिनीहरू स्वयं सञ्चालित छन्, तर त्यहाँ अन्य खाताहरू पनि हुन सक्छन् जुन वास्तविक व्यक्तिहरूले नक्कली पहिचानअन्तर्गत चलाउँछन् ।

    कम्पनीले ट्वीटर र टिकटिकमा करिब ४० हजार फेक अकाउन्ट पत्ता लगाएको बताएको छ ।

    यस अनुसार यी प्रोफाइलहरूमध्ये केहीले हमासको समर्थनमा भ्रामक दावीहरू फैलाउँछन् र चरमपन्थीहरूले बन्धकहरूप्रति उदारता देखाएको थियो । यद्यपी सत्य फरक रहेका छन् । यसको मतलब यो होइन कि त्यहाँ नक्कली इजरायल समर्थक एकाउन्टहरू छैनन् ।

    केही तरिकाहरू छन् जसबाट खाता प्रामाणित छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । उदाहरणका लागि, यदि प्रोफाइल हालसालै सिर्जना गरिएको छ र अचानक ठूलो मात्रामा विभाजनकारी, भ्रामक र विरोधाभासी सामग्री सार्वजनिक हुन थालेको छ भने ती एकाउन्टहरू गलत हुन्छन् ।

    यद्यपी प्रोफाइल गलत हो वा होइन र यसको पछाडि कसको हात छ भनेर निर्णय गर्न धेरै गाह्रो छ । यसका लागि सामाजिक सञ्जाल कम्पनीहरूबाट सूचना सङ्कलन गर्नुपर्छ र त्यसमा पत्रकारको पनि पहुँच छैन ।

    सामाजिक सञ्जालमाथि दबाब

    सामाजिक सञ्जाल साइटहरूले यस हप्ता गलत जानकारीको व्यापक प्रसारको लागि आलोचनाको सामना गर्नुपरेको छ । युरोपेली संघले आतंकवाद समर्थक सामग्री र घृणायुक्त भाषणको प्रसारको बारेमा एक्स(ट्वीटर)को अनुसन्धान गरिरहेको छ ।

    ट्विटर(एक्स)का पूर्व कर्मचारीहरू सामाजिक सञ्जालमा अफवाह रोक्न नसकेको बताएका छन् । सरकारद्वारा प्रायोजित अभियानहरू रे सेराटोले मेटाएको थियो ।

    मध्यपूर्वलगायत ‘केही क्षेत्रहरू’ हेरेका मुख्य विज्ञहरू, जसको काम विशेष रूपमा संगठित गलत सूचनाको प्रसार रोक्ने थियो, उनीहरूले अहिले कम्पनी छाडेका छन् ।

    एक्स(ट्वीटर)ले बीबीसीका प्रश्नहरूमा कुनै पनि प्रतिक्रिया दिएन । यद्यपि, गत हप्ता यो सामाजिक सञ्जाल साइटले आफ्नो प्लेटफर्मबाट हमाससँग सम्बन्धित सयौं एकाउन्टहरू हटाएको बताएको थियो ।

    टिकटकले दिशानिर्देशमा भनेको छ, ‘वर्तमान परिस्थितिको सम्बन्धमा, यसले आफ्नो प्लेटफर्ममा हिंसात्मक, घृणित वा भ्रामक सामग्री रोक्न विशेष स्रोतहरू बढाएको छ ।’

    एक्स, टिकटक र अन्य सामाजिक सञ्जालले गलत सूचना फैलाउने तरिकाले गाजा र इजरायलको अवस्थाको जनताको धारणा निर्माण गर्न मद्दत गरेको छ । त्यसको असरका कारण राजनीतिमा मुख्य निर्णय लिने दबाब बढीरहेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.