×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

राजनीतिक अस्थिरताले कोशीमा मुख्यमन्त्री फेरिएको फेरियै

  •  गोरखा समाचार
  • मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेश सरकारले पाँचौ मुख्यमन्त्री पाएको छ । ९ महिनाको अवधिमा मुख्यमन्त्रीहरु फेरिएका फेरियै छन् । पछिल्लो पटक एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् ।

    ९३ सदस्यीय कोशी प्रदेशमा कुनै पनि दलको बहुमत हुन नसक्दा राजनीतिक अस्थिरता देखिएको हो ।

    सरकार बनाउन ४७ जना सांसदको समर्थन आवश्यक पर्छ तर कुनै पनि दलसँग यति सांसद संख्या छैन । त्यसैले अरु दलको सहयोग बिना सरकार बनाउने सम्भावना नभएको हो ।

    प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० र कांग्रेसका २९ जना सांसद छन् ।

    यस्तै, नेकपा एकीकृत माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एकजना सांसद छन् ।

    प्रदेशसभाको दोस्रो कार्यकालमा त्यसबेलाको गठबन्धन माओवादी, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा एमालेका हिक्मतकुमार कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

    राष्ट्रपति निर्वाचनका बेला केन्द्रीय सत्ता समीकरण फेरिएसँगै एमालेसँगको गठबन्धन भत्काएर माओवादी र जसपाले कांग्रेस र एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । त्यसपछि समर्थन गुमाउन पुग्दा कार्की नेतृत्वको सरकार साढे ६ महिनामै ढलेको थियो ।

    कार्कीलाई समर्थन गरेका जसपा र माओवादीले समर्थन फिर्ता लिएका थिए । त्यही कारण कार्कीले असार १५ गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् ।

    त्यसपछि गठबन्धनमा आबद्ध दलले सभामुखको हस्ताक्षरसहित दाबी गरेपछि संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख परशुराम खापुङले कांग्रेसका उद्धव थापालाई असार २१ मा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    तत्कालीन सभामुख बाबुराम भण्डारी सरकार बनाउने प्रक्रियामा प्रत्यक्ष सहभागी भएपछि विवाद भएको थियो । संवैधानिक व्यवस्थाविपरीत सभामुखको स्वतन्त्र मर्यादालाई बिर्संदै सरकार गठन प्रक्रियामा सामेल गराइएको भन्दै बदर गर्न मागसहित एमाले सर्वोच्च अदालत पुगेको थियो ।

    दुवै पक्षको सुनुवाईपछि सर्वाेच्च अदालतले थापाको मुख्यमन्त्रीमा नियुक्तिलाई बदर गरेको थियो । त्यसपछि गठबन्धन दलहरुले सभामुख भण्डारीलाई राजीनामा गर्न लगाएर साउन १६ गते दोस्रो पटक मुख्यमन्त्रीमा थापाको दाबी प्रस्तुत गरेका थिए ।

    मुख्यमन्त्री थापाले सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि फेरि विवाद भएको थियो । विवाद फेरि सर्वाेच्च अदालत पुग्यो । सर्वोच्चले थापालाई संवैधानिक मर्यादा सम्झाउँदै संविधानको धारा १६८ को उपधारा (३) अनुसारको सरकार ४८ घण्टाभित्र गठन गर्न प्रदेश प्रमुख खापुङको नाममा परमादेश जारी गरेको थियो ।

    त्यसपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता कार्कीले दोस्रो पटक अल्पमतको सरकार गठन गरे । तर प्रदेशसभामा उनले विश्वासको मत सिद्ध गर्न सकेनन् ।

    संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठन गर्नुपर्ने अवस्था आयो । गठबन्धन दलका शीर्ष नेताहरूले माओवादी नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकार गठनका लागि सहमति जनाए ।

    उनको नेतृत्वमा गठन हुने सरकार गठन भए पनि विश्वासको मत पाउन नसक्ने अवस्था देखिएन । प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जाने अवस्था आएपछि कांग्रेसका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरे ।

    कांग्रेसको शेखर कोइराला पक्षका ‘विद्रोही’ ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका छन् । उनले कांग्रेसका एक र एमालेका एकजनालाई सहभागी गराएर तीन सदस्यी मन्त्रिपरिषद गठन गरेका छन् ।

    मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको बैठक बुधबारका लागि बोलाइएको छ ।

    एमाले नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्की प्रदेशमा केन्द्रको निर्णय प्रभावी हुने गरेकाले राजनीतिक अस्थिरता देखिएको बताउँछन् । माओवादी नेता इन्द्रबहादुर आङ्बो भने प्रदेशमा केन्द्रको हस्तक्षेप नभएको दाबी गर्छन् ।

    कोशी प्रदेशमा यसअघि एमालेका शेरधन राई, एमालेकै भीम आचार्य, नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री भइसकेका छन् । तर राजनीतिक अस्थिरताकै कारण कुनै पनि मुख्यमन्त्रीले पूर्ण कार्यकाल काम गर्न सकेनन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.