साँकतिक तस्बिर
गोरखा । पृथ्वीचोकबाट लागूऔषधसहित एमफेटामाईन (आईस) सहिति गोरखाका १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–३ का ३५ बर्षिय हिराबहादुर नेपाली भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
नेपाली संगै उनका अन्य ३ जना साथीहरु पनि प्रहरीले पक्राउ गरेको छ । नेपाली र उनका साथीहरुलाई पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कस्कीबाट खटिएको प्रहरीले प्रदेश १–०१००१ ख ३४३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बस चालक नेपाली सहित उनका साथीहरूबाट ३७ ग्राम ५० मिलिग्राम एमफेटामाईन लागूऔषधसहित फेला परेको थियो ।


