साँकेतिक तस्बिर
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोके अनुसार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च देखिएको हो ।
जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।
आज युरोको भाउ सोमबारको तुलनामा बढेको छ । मंगलबार युरो १ को खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा पुगेको छ ।
यस्तै, बेलायती पाउण्ड १ को खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसा तोकिएको छ भने, कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।




















