बाँके । बाँकेको खजुरामा बिद्यालयको बस पल्टिँदा १ जना विद्यार्थीको ज्यान गएको छ । सोमबार भएको उक्त दुर्घटनामा परी खजुरास्थित दीपक बोर्डिङ स्कुलका कक्षा ६ मा पढने १२ वर्षीय योसेप नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।
ना. ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा दुर्घटना भएको हो । दसैं बिदा सुरु हुनुअघि विद्यालयमा परीक्षा चलिरहेको थियो ।
परीक्षा दिएका विद्यार्थी पुर्याउन उक्त बस सिमलघारी जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।बसमा ४० जना विद्यार्थी थिए । अन्य केही बिद्यार्थीहरु पनि घाइतेको भएको बाँकेका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी नारायण डाँगीले जानकारी दिए ।


