×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

गोरखामा दसैंको मुखमा तरकारीको मूल्य आकासियो

  •  गोरखा समाचार
  • सोमबार, असोज २९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा बजार र आसपासका क्षेत्रमा दसैंको मुखमा तरकारीको मूल्य आकासिएको छ । सामान्यतया यो मौषममा केही तरकारीको मुल्य मात्र बृद्वि हुने गरेको भएता पनि यो बर्ष सबै तरकारीमो मुल्य उच्च भएको हो ।

    विशेष गरेर हरियो तरकारीको भाउ हप्ता दिन यतादेखी ह्वात्तै बढेको छ । हप्ता दिन अगाडीसम्म पनि १०० रुपैयाँ किलोको तनेबोडी अहिले प्रतिकिलो १५० रुपैयाँमा बिक्री गर्दै आएको प्रेमिता तरकारी तथा फलफुल पसलका सञ्चालक निरबहादुर योगीले बताए । ‘हामीले तरकारी बाहिरी जिल्लाबाट ल्याउनु पर्छ’ योगीले भने ‘सस्तो आएको बेला सस्तोमा नै बेच्छौ, महंगो भएर आएको बेला त्यही अनुसार बेच्छौ ।’

    गोरखाको दक्षिणी भेगमा प्रसस्त तरकारी खेती हुने भएता पनि त्यहाँको तरकारी चितवनका ब्यापारीको हातमा पहिला पर्ने र पुनः उनीहरु संग खरिद गर्दा केही महंगो पर्न गएको पनि योगीले जानकारी दिए । गोरखा बजारमा तनहुँको याम्पाफाँट, चितवनको फिस्लीङ र धादिङको केही क्षेत्रका तरकारी आउने गर्दछ ।

    गोरखा सदरमुकामदेखी दक्षिण तथा चितवन र धादिङ संग जोडिएका साविककका घ्याल्चोक, भूम्लिचोक, दरर्बुङ, ताङलीचोक र ताक्लुङ गाविसको अधिकाशं भागमा उत्पादित तरकारी खेती चितवन, पोखरा र राजधानीको कालीमाटी तरकारी बजारमा बिक्रीकालागि जाने गर्दछ ।

    हप्ता दिन अगाडी १०० देखी १२० रुपैयाँ किलो बिक्री भएको काउली अहिले १५० मा बिक्री भएको छ । त्यस्तै गरी ७० देखी ८० रुपैयाँ किलोमा बिक्री भई रहेको करेला, भिण्डी, मुला र हाइब्रिड काँक्रो अहिले १०० देखी १२० रुपैयाँ किलोमा बिक्री हुदै आएको छ ।

    गोरखा बजारमा तनहुको याम्पाफाँटबाट आउने तरकारी भने अन्यको तुलनामा सस्तोमा बिक्री भएको छ । बिन्दाबासीनी तरकारी सप्लायर्सका सञ्चालक बावुराम श्रेष्ठका अनुसार तनेबोडी–१३०, काउली–१४०, करेला–८०, भिण्डी–१००, काक्रो–८०, मुला–७०, सिमी–१०० र बन्दा–७० रुपैयाँमा बिक्री गरीएको बताए ।

    सञ्चालक श्रेष्ठले तरकारी पनि गुणस्तर अनुसारको फरक मुल्य हुने पनि बताए । राम्रो गुणस्तरको तरकारी केही महंगो भएको र कम गुणस्तरका तरकारी बजारमा सस्तोमा बिक्री भएको पनि उनले जानकारी दिए ।

    गोरखा बजारमा अहिले पाकेको फर्सी ५० देखी ८० रुपैयाँ किलोमा बिक्री भएको छ भने कन्य च्याउ २००–३००, अदुवा १५०–२००, लसुन ३००, प्याज ९० देखी १०० र आलु प्रतिकेजी ५० रुपैयाँमा बिक्री भईरहेको ।

    गोरखा बजारमा १ महिना अगाडी मात्र प्याजको मुल्य प्रतिकेजी ५० रुपैयाँ किलो बिक्री हुदै आएको थियो ।

    यता बजार अनुगमनको जिम्मेवारी पाएको जिल्ला प्रशासनले प्रभावकारी अनुगमन नगरिदिदा बजारमा अस्वस्थ्य प्रतिप्रर्धा भएको र उपभोत्ता मारमा परेका हुन् ।

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी

    सोमबार, असोज २९, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.