साँकेतिक तस्बिर
गोरखा । जिल्लाको आँपपिपल क्षेत्रमा पर्ने पाथीभरा गाउँमा १ जना पुरुष मृत्त फेला परेका छन् । मृत्तक ब्यक्ति पालुङटार नगरपालिका–३ आँपपिपपल, पाथीभराका स्थानिय ५२ बर्षिय गोबिन्द बानियाँ भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
बानियाँको शव कुहिएको अवस्थामा फेला परेको प्रनाउ श्रेष्ठले जानकारी दिए । स्थानियले बानियाँको घर भित्रबाट दुर्गन्ध आएकोभन्दै ठाँटीपोखरी प्रहरीलाई खबर आए लगत्तै घटना स्थल पुगेको प्रहरीले घरको ढोका खोली हेर्दा बानियाँ मृत्त र किरा परेको अवस्थामा फेला परेको थियो ।
बानियाँको शव प्रहरीले आइतबारनै उनकाे आफन्तलाई बुझाएको छ । घटना शंकास्पद नदेखिएकोभन्दै आफन्तले पनि शव बुझन माने पछि बुझाएको प्रहरीले जानकारी दिएको छ ।
बानियाँ उक्त घरमा एक्लै बस्दै आएका थिए । उनको श्रीमती सहितको परिवार भने जिल्ला बाहिर बस्ने गरेको मृत्तकका आफन्तले जानकारी दिएको छ ।


