काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यमा २ हजार ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार प्रतितोला १ लाख १० हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आईतबार १ लाख १३ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदी मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।



