×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

गोरखा दरबारको दशैघर र मनकामना मन्दिरमा बिधिपूर्वक जमरा राखियो

  •  गोरखा समाचार
  • आइतबार, असोज २८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज बिधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेट जौको जमरा राखिएको गोरखा दरवारका मुल पुरोहित सारदाप्रसाद भट्टराईले जानकराी दिए ।

    परम्परा अनुसार बिहान सवेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्याालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिरको दसैं घर, जमरा कोठा, गोरखनाथ गुफा, तल्लो कोट र उपल्लो कोटमा जमरा राखिएको हो ।

    कालिका भगवती मन्दिरको दसैं घरमा ९ माना, जमरा घरमा १ पाथी र गोरखनाथ गुफामा १ पाथी जौको जमरा राखिएको पुरोहित भट्टराईले बताए । त्यस बाहेक पनि उपल्लो कोट र तल्लो कोटमा १–१ मानाको जमरा राखिएको उनले जानकारी दिए ।

    जमरा राख्नुअघि मूलदरबारमा पानी घडी थपना गरी घटस्थापना गरिएको हो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीहरुले जमरा राख्ने धार्मिक मान्यता रहदै आएको छ ।

    बडादसैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसंगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोका बलिदिने प्रचलन रहदै आएको छ । यसपटक दशै अबधीभरीसम्म ३२ ओटा बोका, १२ भेडा, ५ सुगुँर, १ सतार ९ठुलो राँगो० सहित १५ ओटा राँगो र ९ ओटा कुखुरा बलिदिने परम्परा रहदै आएको छ ।

    तात्कालिन राजसंस्थाका पालामा मन्दिरमा १४० ओटा भेडाबोका र १ सतार सहित ८४ ओटा राँगा बालिदिने प्रचलन रहदै आएको थियो । राजसंस्थाको अन्त्य भएसगै गोरखा दरबार हेरचाह अड्डामा दशै पुजाका लागि आबश्यक बजेटमा कटौती हुदै आएकाले पशुपन्छिको बली समेत घटाइएको गोरखा दरर्बार हेरचाह अड्डाले जानकारी दिएको छ ।

    यस्तै घटस्थापनाको बिहानको शुभसाईतमा गोरखाको ऐतिहासिक तथा पुराताात्वीक मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिए ।

    मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको छ । परम्परा अनुसार बिगतदेखि नै मकै र जौको छुट्टतछुट्टै जमरा राख्नु पर्ने भएका कारण सोही अनुसार नित्य पुजा गरी जमरा राखिएको मूलपुजारी थापाले जानकारी दिए ।

    लेखकबाट थप:

    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    आइतबार, असोज २८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • २. सुन ताेलामा ४८ सयले घट्याे

    • ३. आज कुशे औँसी

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ७. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.