मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डमा आज बिहान स्कुटर दुर्घटना भएको छ । उक्त सडकखण्डको इच्छाकामना गाउँपालिका-७ नौकिलोमा बाग्मती प्रदेश ०२-०४६ प १६९२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी सिन्धुपाल्चोकका २४ वर्षीया युवती संगीता भण्डारीको घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
दुर्घटना यकिन कारण भने खुल्न सकेको छैन ।




















